अध्यक्ष टेकबहादुर कडायत
Founding Member Chairman
मेरो नाम टेकबहादुर कडायत हो मेरो घर घोडाघोडि नगरपालिका वडा न ११ पहलमानपुर भलौवा कैलाली हो हाल भरतको राजधानी दिल्लीको छतरपुर मा काम गर्दै आयको छु।यश मेचीमहाकाली समाज एसोसिएसन भारत नेपाली समाज भारत सस्थामा मिति 14/08/2020 मा भारतको हरियान राज्यको गुडगाउ सेक्टर ५७ मा यश सँस्थाका सस्थापक अध्यक्ष श्री प्रेम शिह सहित अन्य सदस्यहरुको स्वागतम सगै प्रर्बेश गरेको थिए ।त्यतिबेला जनज्योति नेपाली समाज भारत हरियाना राज्यलाई आफ्नो कार्यक्षेत्र बनायर काम गरिरहेको थियो।यो सस्थामा जोडिन मलाई यश सस्थाका कोषअध्यक्ष श्री धोजबहादुर खाती ज्युले अनुरोध गर्नुभएको थियो।र यश सस्थाको उदेश्य बारे जानकारी गराउनु भयको थियो।त्यतिबेला म एकजना अछाम जिल्ला साफेबगर नगरपालिका वडा न १२ का क्यान्सर पीडित स्वर्गीय मन बहादुर रावल ज्युको सहयोग अभियान ब्याक्तीगत तरिकाले सचालन गरिरहेको थिए ।म एक गरिब परिवारमा जन्मिएको सामन्य किसानको छोरा भयपनी मेरो मन र मस्तिष्कमा निर्न्तर सामाजिक सेवा समन्धित भावनाहरु ,विचारहरु सदैब खेलिर्हन्थ्ये र ससारका सम्पुर्ण ब्याक्तीहरुले ब्याक्तीगत फाईदा हुने खालका काम मात्रै गरेको देख्दा मनबाट समाज ,देश र मान्वहितका निम्ति पनि मैले केही न केही गर्नुपर्छ सोचेर योजनाको तयारीमा जुटिरहेको थिय ।त्यतिबेला नै मेरो परिचय यश सस्थाका आर्थिक सयोजक धोजबहादुर खातीसग हुन पुग्यो ।उहाँलाई मेरो ब्याक्तीगत योजना बारे जानकारी गरायपछि उहाँको सल्लाह सुझाव अनुसार ब्याक्तीगत रूपमा अगाडी बढ्नुभन्दा हामी प्रदेशमा काम गरिरहेका सम्पूर्ण दाजुभाइ र दिदिबहिनीहरुले सामुहिक रूपमा अगाडि बढ्ेर सामाजिक सेवा गर्दा अझै बलियो तरिकाले काम गर्न सक्ने कुरा बुझाउनु भो र यहि निस्वार्थ सामाजिक सेवाको उदेश्यले काम गरिरहेको सस्था जनज्योति नेपाली समाज भारतको बारेमा जानकारी गराउदै जोडीन आग्रह गर्नुभो।र म यश सस्थामा आबद्ध भय ।त्यतिबेला धेरै ब्याक्तीहरुले मलाई र हाम्रो यो सस्थाको बारेमा कुरा काट्न थाले यो परदेशमा कसरी सामाजिक काम गर्न सक्छौ ,कसरी बिरानो देशमा नेपाली सस्था बनाउन सक्छौ ,कुनैपनि पाटिको साथ र सहयोग बिना यहाँ सस्था सचालन गर्न असम्भव छ। भन्ने अनेक प्रस्नहरु म र यो सस्थाप्रर्ती गरे।तरपनी मेरो ब्याक्तीगत समाजसेवा गर्ने इच्छालाई र भावनालाई यश सस्थामा पुर्णरुपमा मेहनत र लगनका साथ काम गरेर यो परदेशमा पनि निस्वार्थ र गैरनाफामुलक ,गैरराजनीतिक सस्था सन्चालन गर्न सकिन्छ!भन्ने दृढ सकल्प र अठोटका साथ अघि बढ्दै जादा यश सस्थाका सम्पुर्ण सदस्यहरुले र अध्यक्ष श्री प्रेम शिह ज्युको अनुरोध अनुसार यो सस्थाको सचीव जस्तो गरिमामय पदमा नियुक्त गर्नुभो।मैलेपनी आफ्नो बुद्धि र विवेक र पुर्ण मेहेनतले सम्पूर्ण सस्थाका साथिहरुको सहयोगले काम गर्दै जादा सस्था मेचीमहाकाली सामाजको गरिमामय पद अध्यक्ष नियुक्ति गर्नुभएको छ। यसविचमा मैले आफ्नो कार्यकालमा विभिन्न महत्त्वपूर्ण काम भयका छ। यो सस्थाको आर्थिक पक्ष पनि निकै बलियो भएको छ। जसमा सम्पुर्ण साथीहरू सहयोगले विभिन्न धेरै सहयोग गर्नेकाम भयका छ्न जसमध्य सस्थाको परिचय पत्र सदस्यता पत्र र पुरानो कार्यकालका साथीहरूलाई सम्मान पत्र बितरण समेत गरियको छ। त्यसैगरी सस्थाको webside बनाउने जस्ता महत्त्वपूर्ण कामहरुको सरुवात समपन्न भएको छ। म अध्यक्ष भयर अगाडि बढीरहदा कतिपय कामहरुमा असफलता पनि भएको छ । होला जसको सुधारको क्रममा निरन्तर डठिरहने प्रतिबद्धता सम्पुर्ण सस्थाको सदस्यहरुलाई व्यक्त गर्दछु।यश मेचीमहाकाली समाज एसोसिएसन नेपाली समाज भारतले कयै उपचारखर्च नपायका रोगिहरुलाई उपचारका निम्ति सहयोग गरियो ,कतिपय नोकरी छुटेर गाँस बास नपायर पेटिमा सुतेकालाई दुईछाक खाना खुआइयो बास ब्याबस्था गरियो ।पहिरोले भत्केका घर निर्माणमा सहयोग गरियो र कोभीड 19 ले विश्व भयभीत र आक्रान्त भयको अवस्थामा आफ्नो मातृभुमिको निम्ति केही नगरपालिका वडा र अस्पतालहरुलाई स्वास्थ साम्रगी लगेर वितरण गरियो।त्यसैगरी उपचार गराउन आयका वीर ब शाही ज्युलाई हाम्रो सस्थाका मलगायत ५ जना सदस्यहरुले रक्तदान समेत यो मेचीमहाकाली समाज एसोसिएसन नेपाली समाज भारतले गरिसकेको छ।आगामी दिनमा यश मेचीमहाकाली समाज एसोसिएसन भारतले नेपाली समाज भारतको निस्वार्थ सामाजिक सेवालाई निरन्तरता दिन र यश सस्थाको सामाजिक सेवाको उदेश्यलाई सहि र सम्पुर्ण दुखी पीडित वर्गहरुमा पुगाउन र यश सस्थाको उदेश्यलाई निश्चित गन्तव्य पुगाउनको निम्ति आउनुश सम्पुर्ण स्वदेश बिदेशमा बस्नु हुने नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई यो सस्थामा जोडियर थोपा थोपा मिलेर सागर बने सरह हामी सम्पुर्ण नेपालीहरु मिलेर ब्याक्तीगत विकास सगै सामाजिक बिकास गर्दै देश बिकासमा र देश निर्माणमा यो सामाजिक सेवाले महत्त्वपूर्ण योगदान गर्नेछ। त्यसकारण हाम्री यो महान अभियानमा हातेमालो गर्न र यश सस्थाको उद्देश्यलाई पचारपसार गर्नमा तपाईंहरुको साथ र सहयोगको अपेक्षा राख्दै सहयोगको निम्ति हार्दिक अपिल गर्द्छु। तबमात्र हामी सच्चा ईमानदार मिहिनेती र बाहदुर नेपाली पहिचान रहेन्छ अनि सच्चा देशभक्त नेपाल आमाको सपूत कहलाउने छौ।धन्यवाद ।।।
Contact Info:
+96 667 5888
info@yoursite.com